संगोष्ठी १४. जनतासंग रणनीतिक संचार

11 / 26 / 2020

जापानिज सोसाइटी फर एड्स रिसर्च (JSAR) को ३४ औं वार्षिक सम्मेलन नोभेम्बर २७ देखि डिसेम्बर २४, २०२० मा आयोजित भएको थियो।
टोकियो यौन स्वास्थ्यले पनि JSAR सम्मेलनमा भाग लिएको थियो; संगोष्ठी १४ ""जनतासँग रणनीतिक संचार - लिंग र स्वास्थ्य बारे जानकारी वितरण""।

हामीले यो अनलाइन सम्मेलनलाई अधिकतम बनाउन प्रयास गर्यौं र हामीले स्टुडियोमा हाम्रा भागहरू रेकर्ड गर्नका निमित्त ३ प्रस्तोताहरूलाई हामीसँग सामेल हुन आमन्त्रित गर्यौं। हामीले यसलाई शान्त वातावरणमा रेकर्ड गर्न पायौं र सबैसँग रमाइलो छलफल गर्‍यौं।

पहिलो प्रस्तुतकर्ता ""डू इट लण्डन"" बाट श्री पल स्टेनबर्ग थिए। उहाँले डू इट लण्डना अभियानको परिचय दिनुभयो र हामीलाई लण्डना र बाँकी संयुक्त अधिराज्यमा एचआईभी नियन्त्रणमा यस अभियानले कसरी प्रभाव पार्यो र विरासत कायम गर्‍यो भन्ने बारे ५० मिनेटको विस्तृत प्रस्तुति दिनुभयो।

त्यसपछी अक्टोबर ११, २०२० मा शिन्जुकुमा सुरु भएको प्राइड हाउस टोकियो लिगेसीका श्री गोन माचुनाखाले पछ्याए। यो यौन अल्पसंख्यकहरू, विशेष गरी LGBT समुदायलाई समायोजन गर्ने संस्था हो र यसले विभिन्न कार्यक्रमहरू पनि आयोजना गरेको छ र जनताका लागि सक्रिय सामग्री हरुको उत्पादन गरेको छ।

त्यसपछि पिल्कोनकी सुश्री आसुका सोमेया थिइन्, एक NPO जसको काम विभिन्न उमेरका समूहहरूमा केन्द्रित रहेर समुदायलाई फरक दृष्टिकोणले हेर्दै केहि सिक र कार्यक्रमहरु प्रदान गर्नु रहेकोछ।

अन्तमा, हामीले समूह छलफलको लागि JaNP+ का श्री योसुके ताकाकुलाई मध्यस्थकर्ताको रूपमा राखेका थियौं। श्री ताकाकु लामो समयदेखि एचआईभी सङ्क्रमित व्यक्तिहरूको समुदायलाई सहयोग गर्ने कार्यमा संलग्न हुनुहुन्छ।

हामी अन्ततः यस वेबसाइटमा सबै भिडियोहरू प्रस्तुत गर्न र प्रत्येक संस्थाको बारे थप जानकारी उपलब्धा गराउन चाहन्छौँ।