समर्थन कसरी खोज्ने

स्वास्थ सुबिधा

विदेशमा यौन स्वास्थ्य क्लिनिकहरूले अक्सर यौन स्वास्थ्य समस्याहरूको लागि एक व्यापक परामर्श प्रदान गर्दछ, तर यसको विपरीत, चिकित्सा कानून अन्तर्गत मानक विभागहरूको भागको रूपमा समावेश गरिएको "यौन स्वास्थ्य" को लागि कुनै विशेष विभाग छैन। इन्टर्नल मेडिसिन, संक्रामक रोग, स्त्री रोग, युरोलोजी र डर्माटोलोजी अन्तर्गत बिरामीहरू हेर्ने डाक्टरहरूले पनि यौन रोग र गर्भावस्था जस्ता यौन स्वास्थ्य चिन्ता भएका बिरामीहरू हेरिरहेका छन्।
महिलाले प्रायः प्रसूति तथा स्त्री रोग विभागमा र पुरुषका लागि युरोलोजी विभागमा परामर्श लिने गर्छन् ।
यदि तपाईंलाई कहाँ परामर्श गर्ने थाहा छैन भने, कृपया पहिले विशेषज्ञसँग परामर्श गर्नुहोस् (यदि छालाको समस्या छ भने डर्माटोलोजी, यदि यो प्रणालीगत लक्षण हो भने इन्टर्नल मेडिसिन, यदि यो स्तनको समस्या हो भने क्लिनिकल अन्कोलोजी)। उनीहरूले तपाईंलाई निदान र आवश्यकता अनुसार अन्य विभागहरूमा पठाउनेछन्।

इन्टरनेट सामान्यतया चिकित्सा सुविधाहरू खोज्न प्रयोग गरिन्छ, र त्यहाँ विभिन्न चिकित्सा संस्था खोज साइटहरू र यापहरू छन्, तर कृपया कुनै एक छनौट गर्दा सावधान रहनुहोस्। बिरामीहरूको प्रतिक्रिया पोस्ट गर्ने साइटहरू पक्षपाती हुन सक्छन् र तथ्य भन्दा केहि फरक हुन सक्छन्।
थप रूपमा, साइटमा भएका जानकारी पुरानो हुन सक्छ, त्यसैले कृपया तपाईंले भ्रमण गर्नु अघि जाँच गर्नुहोस् र संस्थालाई सम्पर्क गर्नुहोस्।

चिकित्सा कानून अन्तर्गत, त्यहाँ एक चिकित्सा सूचना प्रावधान प्रणाली (मेडिकल इन्फर्मेसन नेट) छ जसले बासिन्दाहरूको लागि प्रिफेक्चरहरू अनुसार चिकित्सा संस्थाहरूको जानकारी प्रदान गर्दछ। कुनै विशेष प्रिफेक्चरको लागी यसको प्रयोग अत्याधिक सल्लाह दिइन्छ।
 https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/kenkou_iryou/iryou/teikyouseido/index.html

तलका लिङ्कहरूबाट तपाईंले हरेक प्रिफेक्चरको साइटहरूमा जान सक्नुहुन्छ:
 https://hiv-hospital.jp/

टोकियो
 http://www.himawari.metro.tokyo.jp/qq13/qqport/tomintop/

साइतामा: अंग्रेजीमा सहयोग चाहिन्छ
 http://www.pref.saitama.lg.jp/a0306/english-top/index.html#health

चिबा
 http://www.pref.chiba.lg.jp/international/index.html

खानागावा - विदेशी भाषा सेवाहरूको दिने सुविधाहरू
 http://www.pref.kanagawa.jp/documents/48506/kyoten_iryoukikan_r2_6_29.xlsx

खानागावा - विदेशी बासिन्दाहरूको लागि
 http://www.pref.kanagawa.jp/docs/ka8/cnt/f7540/index.html

एड्स कोर अस्पताल तलको लिङ्कबाट पाउन सकिन्छ।
 https://hiv-hospital.jp/

यदि तपाइँ यौन संचारित रोगहरूबाट पहिले नि संक्रमित हुनुभएको थियो वा संक्रमित भएको शंका छ भने एचआईभी परीक्षण जापानी राष्ट्रिय स्वास्थ्य बीमा द्वारा कभर गर्न सकिन्छ। यदि तपाइँ स्क्रीनिंग परीक्षण गर्न चाहनुहुन्छ भने (कुनै लक्षण बिना), लाग्ने शुल्क राष्ट्रिय स्वास्थ्य बीमा द्वारा प्रतिपूर्ति गर्न सकिदैन। कृपया कुनै पनि परीक्षण लिनु अघि नै अग्रिम मूल्य जाँच गर्नुहोस्।
गर्भनिरोधक र गर्भावस्था बारे जानकारीको लागि, "प्रजनन स्वास्थ्य" हेर्नुहोस्।