एसटिआइ (STIs) के हो ?

यौन संचारित संक्रमण (STIs), जसलाई यौन संचारित रोगहरु (STDs) पनि भनिन्छ, भजाइनल सेक्स, एनल सेक्स वा वोरल सेक्स गर्दा असुरक्षित यौन सम्पर्क वा जननांग सम्पर्क मार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संक्रमण हो। एसटिआइ ले पुरुष र महिला दुबैलाई असर गर्न सक्छ र गर्भावस्थाको समयमा एसटिआइ आमामार्फत बच्चामा पनि असर गर्न सक्छ।

एसटिआइ ३० भन्दा बढी प्रकारका ब्याक्टेरिया, परजीवी र भाइरसहरूको कारणले हुन्छ, जसमा क्लामिडिया, जेनिटल हर्पिस्, गोनोरिया, एचआइभी, एचपिभी, सिफिलिस र ट्राइकोमोनियासिस समावेश छन्। यी मध्ये धेरै रोगहरूको गम्भीर लक्षणहरू हुन सक्छन्, तर धेरै मानिसहरूले कुनै लक्षण बिना पनि यी रोगहरू अनुभव गर्नसक्छन्।

लक्षणहरू नदेखिएका वा हल्का लक्षणहरू भएका मानिसहरूमा संक्रमण पत्ता लगाउन गाह्रो हुन सक्छ। साथै, तपाईमा लक्षणहरू भए तापनि, तपाईलाई लाज लाग्न सक्छ र डाक्टरलाई भेट्न जान गाह्रो हुन सक्छ। त्यस कारणले गर्दा, संक्रमण भएका व्यक्तिहरूलाई निदान गर्न गाह्रो हुन्छ वा उपचारमा ढिलाइ हुन सक्छ। यी ढिलाइका कारण परीक्षण नगरिएका व्यक्तिहरूले पनि अनजानमा अरूलाई संक्रमण फैलाउन सक्छन्।

सबैजना एसटिआइ को जोखिममा हुन सक्छन्। सही ज्ञान र रोकथाम, प्रारम्भिक पहिचान र उपचार महत्त्वपूर्ण छ।

कण्डम

कण्डम एक सुरक्षात्मक बाधा हो जुन यौन सम्पर्क मार्फत प्रसारित हुन सक्ने संक्रमणहरू रोक्न प्रयोग गरिन्छ, वा अनावश्यक गर्भधारणहरू रोक्न प्रयोग गरिन्छ।

क्ल्यामिडिया, गोनोरिया, एचआइभी र अन्य एसटीआईलाई फैलिनबाट रोक्न कण्डम प्रभावकारी हुन्छ। त्यहाँ कण्डमको प्रयोगले रोक्न नसकिने एसटीआईहरू पनि छन्। कण्डम प्रयोग गर्नु भनेको तपाइँ एसटीआईबाट सुरक्षित हुनुहुनेछ वा त्यसको जोखिमलाई यसले पूर्ण रूपमा हटाउँछ भन्ने कुराको १००% ग्यारेन्टी हुन्छ भन्ने होईन। कृपया आफू र आफ्नो पार्टनरलाई यौन संचारित संक्रमणको कुनै पनि जोखिमको लागि परीक्षण गराउनुहोस्, र आफ्नो स्थिति थाहा पाएर, तपाईंले हेरचाह खोज्न र आवश्यकता अनुसार उपचार प्राप्त गर्न सुरु गर्न सक्नुहुन्छ।

त्यहाँ अन्य प्रकारका गर्भनिरोधकहरू पनि छन् जस्तै गर्भनिरोधक चक्कीहरू, तर कण्डमले तपाईंलाई STIs बाट जोगाउने फाइदा छ।

त्यहाँ कस्ता प्रकार कण्डमहरु छन् ?

पुरुष कण्डमहरू व्यापक रूपमा उपलब्ध छन् र सामान्य रूपमा परिचित छन् तर त्यहाँ महिला कण्डमहरू पनि छन् जुन सजिलै प्रयोग गर्न सकिन्छ र व्यावसायिक रूपमा उपलब्ध छन्।

लेटेक्स, पोलियुरेथेन (प्लास्टिक) वा पोलीसोप्रिन (सिंथेटिक रबर) बाट बनेको कण्डमहरू छन्। लेटेक्स प्रकारको कण्डम व्यापक रूपमा प्रयोग गरिन्छ तर त्यहाँ यस्ता व्यक्तिहरू छन् जसले एलर्जीहरू अनुभव गर्न सक्छन् तसर्थ कृपया आफ्नो छालासँग मेल खाने प्रकारको, र लागत, मोटाई, प्याकेज डिजाइन, र फिट जस्ता अन्य गुणहरू जाँच गर्नुहोस्। यदि तपाईंले उचित साइज प्रयोग गर्नुभएन भने, त्यहाँ चुहावट हुन सक्छ जसले कण्डमको प्रभावकारितालाई कम गर्नेछ।

म कसरी कण्डम प्रयोग गर्नसक्छु ?

कहिले ?

यौनसम्पर्क गर्नुअघि कण्डम लगाउनुहोस् र प्रयोग गर्नुहोस्

कसरी ?

प्याकेटबाट बाहिर निकाल्दा कण्डम नच्यात्योस ख्याल राख्नुहोस्। कुन अगाडी वा पछाडिको भाग हो भनेर जाँच गर्नुहोस्, र कण्डमको टुप्पोबाट हावा बाहिर निकाल्नुहोस्। ठाडो लिंगको टाउकोमा कण्डम राख्नुहोस् र लिंगको तलसम्म कण्डमलाई तान्नुहोस्।

सावधानीहरु

कृपया प्रयोग गर्नु अघि म्याद समाप्ति मिति जाँच गर्नुहोस्। भ्यासेलिन जस्ता तेल लुब्रिकेन्टको प्रयोगले कण्डमको गुणस्तरलाई हानि पुर्‍याउन सक्छ, त्यसैले कृपया तेलमा आधारित लुब्रिकेन्टहरू प्रयोग नगर्नुहोस्। तपाईंको पार्टनरको लागि सहज पार्न र च्यातिने जोखिम कम गर्न तपाईंले जहिले पनि पानीमा आधारित लुब्रिकेन्ट प्रयोग गर्नुपर्छ। २ वटा कण्डम एकैपटक प्रयोग गर्दा पनि अत्यधिक घर्षण हुन सक्छ जसले कण्डम च्यातिन सक्छ, र यसले सुरक्षामा पनि सुधार गर्दैन। पहिले नै प्रयोग गरिसकेको कण्डममा शुक्राणु र रोगहरु हुन सक्छन्, त्यसैले कृपया एउटै कण्डम दुई पटक प्रयोग नगर्नुहोस्।