जापान आउने आगन्तुकहरूको लागि

जापानमा विद्यार्थी वा कामदारका रूपमा आउने पर्यटक र विदेशीको संख्या बढेको छ । यस पृष्ठमा, तपाईंले जापानको स्वास्थ्य सेवा प्रणालीको बारेमा सामान्य जानकारी पाउनुहुनेछ।

यात्रा गर्नु अघि सल्लाह

दिर्घकालिन रोग भएका र उपचार लिइरहेका मानिसहरू

तपाइँको भ्रमण अघि, तपाइँको स्वास्थ्य अवस्थाको बारेमा वा तपाइँको हालको उपचारको बारेमा जानकारी उपलब्ध गराउन सक्ने कागजात अंग्रेजीमा पूर्व तयार गर्नु तपाइँ
जापानमा चिकित्सा संस्थामा जचाउन जाँदा र आवश्यक पर्दा उपयोगी हुनेछ।
उपचार उद्देश्यका लागि मेडिकल ड्रग्स वा साइकोटिक ड्रगहरू बोक्न आवश्यक पर्ने व्यक्तिहरूको लागि, त्यहाँ पालना गर्नुपर्ने नियमहरु छन्। मेडिकल लागुऔषधलाई स्थानीय कल्याण ब्यूरोका महानिर्देशकले अग्रिम स्वीकृति दिनुपर्नेछ। मनोवैज्ञानिक औषधिको प्रक्रियाहरूको तपाईंले बोक्नुपर्ने औषधिको कुल मात्रामा निर्भर गर्दछ। औषधिहरू आयात (निर्यात) गर्न वा तिनीहरूलाई मेलबाट पोस्ट गर्न र परिचित व्यक्तिहरू मार्फत तपाईंको लागि औषधि लेराउन दिन सम्भव छैन। ध्यान दिनुहोस् कि जापानमा थोरै मात्रामा मेडिकल लागूऔषधको आयातको लागि पनि धेरै कडा सजाय छ, र थोरै मात्रामा मेडिकल लागूऔषध ल्याउँदा पनि सम्भावित कानुनी परिणामहरू जस्तै - जेल वा निर्वासन हुन सक्छ जसबाट बच्न प्रक्रियाहरू सावधानीपूर्वक पालना गर्न सुनिश्चित गर्नुहोस्। केही देशहरूमा उपलब्ध केही ओभर-द-काउन्टर औषधिहरू (जस्तै पानाडेइन) जापानमा अवैध हुन सक्छन् भन्ने कुरामा सचेत रहनुहोस्।

खोपहरू

कृपया तपाइँको जापान यात्रा गर्नु अघि तपाइँको खोप रेकर्ड सहित तपाइँको आवश्यक खोपहरू पूरा गर्नुहोस्। जापानमा, हाल रुबेला र दादुराको प्रकोप छ, कृपया तपाइँको खोप अद्यावधिक गरिएको छ भनेर सुनिश्चित गर्नुहोस्। हेपाटाइटिस ए प्रसारण २०१८ देखि समलिङ्गी पुरुष साझेदारहरू बीच बढेको थियो र एकैसाथ हेपाटाइटिस बी को यौन प्रसारण पनि असामान्य छैन। यदि तपाइँ संक्रमणको जोखिममा हुनुहुन्छ भने, कृपया हेपाटाइटिस ए र बी खोपहरू लगाउन सुनिश्चित गर्नुहोस्।
कोभिड्-१९ को लागि, निम्न साइटबाट नवीनतम जानकारी हेर्नुहोस्।
 https://www.japan.travel/jp/

सामान्य जानकारी

जापानमा चिकित्सा सुविधाहरूको पहुँच सामान्यतया राम्रो छ।
जापानमा सामान्य चिकित्सक (GP) प्रणाली छैन, र तपाईंले आफ्नो अवस्थाको लागि कुन विभागमा जानु आवश्यक छ भन्ने निर्णय स्वोयम गर्नुपर्ने हुन्छ। यदि तपाइँ सामान्य अस्पताल टर्सरी अस्पतालमा जान चाहनुहुन्छ भने, तपाइँलाई हेर्न वा भेट्नको लागि तपाइँलाई स्थानीय क्लिनिकहरूबाट रेफरल चाहिन्छ। यदि तपाईलाई आँखा, कान, नाक, घाँटी (ENT) वा दाँतको समस्या छ भने, कृपया स्थानीय विशेष क्लिनिक खोज्नुहोस्। तपाईले कुन विशेषज्ञलाई भेट्नु पर्छ भन्ने थाहा नभएका केसहरूको लागि, कृपया आन्तरिक चिकित्सा वा बाल रोग विशेषज्ञसँग सोधपुछ गर्नुहोस्।

आपतकालिनको लागि, दमकल, एम्बुलेन्स, र उद्धार टोलीको लागि #११९ मा सम्पर्क गर्नुहोस्। यदि तपाईंलाई दुर्घटना वा घटनाको शंका छ भने, #११० मा पुलिसलाई सम्पर्क गर्नुहोस्। तपाईंले पब्लिक पेफोनबाट दमकल वा पुलिसलाई निःशुल्क सम्पर्क गर्न सक्नुहुन्छ।
 https://tabunka.tokyo-tsunagari.or.jp/guide/kinkyu/01.html

त्यहाँ धेरै चिकित्सा संस्थाहरू छन् जसले पहिलो पटक बिरामीहरूलाई अपोइन्टमेन्ट नभए पनि स्वीकार गर्छन्, तर त्यहाँ केही चिकित्सा संस्थाहरू छन् जसले तपाईंले अपोइन्टमेन्ट नलिएसम्म चिकित्सा परीक्षण वा परीक्षणहरू गर्न सक्दैनन्, त्यसैले कृपया भ्रमण गर्नु अघि उक्त कुरा सुनिश्चित गर्नुहोस्।

तपाईंसँग स्वास्थ्य बीमा छ भन्ने प्रुब गर्न तपाईंको स्वास्थ्य बीमा कार्ड वा अन्य कागजातहरू नबिर्सनुहोस्। चिकित्सा संस्थाहरूले महिनामा एक पटक तपाईंको जापानी राष्ट्रिय स्वास्थ्य बीमा कार्ड जाँच गर्न आवश्यक छ, त्यसैले तपाईंले डाक्टरलाई भेट्दा तिनीहरूलाई ल्याउन निश्चित गर्नुहोस्। विदेशी नागरिकहरूलाई उनीहरूको राहदानी र जापानमा बस्नको लागि आफ्नो योग्यता प्रमाणित गर्ने कागजातहरू (रेसिडेन्स कार्ड) पेश गर्न सोध्न सक्छन्।

अस्पताल कसरी पत्ता लगाउने

जापानमा सरकारी र निजी दुवै प्रकारका चिकित्सा सुविधा छन्।
इन्टरनेट सामान्यतया चिकित्सा सुविधाहरू खोज्न प्रयोग गरिन्छ, र त्यहाँ विभिन्न चिकित्सा संस्था खोज साइटहरू र अनुप्रयोगहरू छन्, तर कृपया छनोट गर्दा सावधान रहनुहोस्। बिरामीहरूको प्रतिक्रिया पोस्ट गर्ने साइटहरू पक्षपाती हुन सक्छन् र तथ्यहरू भन्दा केहि फरक हुन सक्छन्।
थप रूपमा, साइटमा जानकारी पुरानो हुन सक्छ, त्यसैले कृपया जाँच गर्नुहोस् र तपाईंल जानु अघि संस्थालाई सम्पर्क गर्नुहोस्।

चिकित्सा कानून अन्तर्गत, त्यहाँ एक चिकित्सा सूचना प्रावधान प्रणाली (मेडिकल इन्फर्मेसन नेट) छ जसले बासिन्दाहरूको लागि प्रिफेक्चरहरू अनुसार चिकित्सा संस्थाहरूको जानकारी प्रदान गर्दछ। जापानको कुनै प्रिफेक्चरको सुचनाको लागी यो प्रणाली पहुँच गर्न धेरै सुझाव दिइन्छ।
 https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/kenkou_iryou/iryou/teikyouseido/index.html

हाल एक प्रणाली विकासमा छ जसले विदेशीहरूलाई जापानी चिकित्सा सेवाहरू सुरक्षित रूपमा प्राप्त गर्न मद्दत गर्छ। हाल उपलब्ध प्रणालीहरू मध्ये एउटालाई "मेडिकल इन्स्टिच्युसन सर्टिफिकेसन सिस्टम फर एक्सेप्टिङ फरिएन पेसेन्ट्स (JMIP)" भनिन्छ, जसले विभिन्न संस्कृति र पृष्ठभूमिलाई ध्यानमा राखेर प्रतिक्रिया दिन सक्ने चिकित्सा संस्थाहरूलाई प्रमाणिकरण गर्छ। सेवाहरूमा विदेशी बिरामीको विभिन्न धर्मविश्वासहरू अनुरूपको धेरै भाषाहरूमा चिकित्सा मार्गदर्शन समावेश छन्। तपाईले JMIP मा दर्ता भएका मेडिकल संस्थाहरू यहाँ खोज्न सक्नुहुन्छ:
 http://jmip.jme.or.jp/index.php

त्यहाँ अन्य संगठनहरू र व्यवसायहरू छन् जसले त्यस्तै प्रमाणीकरण गर्छन्।
जापान राष्ट्रिय पर्यटन संगठन (JNTO) द्वारा जापानमा विदेशी आगन्तुकहरूलाई स्वीकार गर्ने चिकित्सा संस्थानहरूको सूची
 https://www.jnto.go.jp/emergency/jpn/mi_guide.html
चिकित्सा उत्कृष्टता JPAN (MEJ)
 https://medicalexcellencejapan.org/jp/

यदि आमाबाबुलाई छुट्टीको दिन र रातमा आफ्ना बच्चाहरूको लक्षणहरूसँग कसरी डिल गर्ने भन्ने समस्या भइरहेको छ भने, त्यहाँ टेलिफोन परामर्श डेस्क पनि छ जहाँ उनीहरूले डाक्टर वा नर्ससँग परामर्श लिन सक्छन्।
 https://www.mhlw.go.jp/topics/2006/10/tp1010-3.html
यद्यपि, उपलब्ध भाषाहरू सीमित हुन सक्छन्।

भाषा सहयोग

अङ्ग्रेजी बोल्ने डाक्टरहरू र मेडिकल संस्थाहरू जो विदेशीहरूलाई स्वीकार गर्न सक्रिय छन्, शहरी क्षेत्रमा भेट्टाउन सजिलो छ, तर यदि तपाईं ग्रामीण क्षेत्रमा हुनुहुन्छ भने, यो गाह्रो हुन सक्छ। बहुभाषिक सेवाहरू फेला पार्न गाह्रो हुन सक्छ तर धेरै चिकित्सा सुविधाहरूले हालै टेलिफोन वा ट्याब्लेटद्वारा अनुवाद सेवाहरूको प्रयोगलाई समावेश गरेको छ।

चिकित्सा सुविधाहरूको खोजी गर्दा, अनुवाद सेवाहरू पनि उपलब्ध छन् कि छैनन् भनेर जाँच गर्न सिफारिस गरिन्छ। "अस्पताल कसरी खोज्ने" मा देखाइएको जस्तै, जापानमा विदेशी बिरामीहरूको संख्या बढ्दै गएको छ, त्यसैले हामी विदेशी बिरामीहरूले मानसिक सन्तुष्टिका साथ चिकित्सा परीक्षणहरू प्राप्त गर्न सक्ने कुराको सुनिश्चित गर्ने प्रणालीको निर्माण गरिरहेका छौं। त्यहाँ धेरै प्रणालीहरू छन् जसले विदेशी बिरामीहरूलाई निश्चित स्तरको सेवा प्रदान गर्न अनुमति दिन्छ, र प्रमाणित अस्पतालहरूले धेरै भाषाहरूलाई समर्थन गर्न सक्षम हुने सम्भावना बढी हुन्छ।

प्रिफेक्चरहरूले जापानी भाषा नबोल्ने बिरामीहरूलाई केही प्रकारको चिकित्सा अनुवाद सेवाहरु प्रदान गर्न सक्छ। त्यहाँ कुनै सेवाहरू उपलब्ध छन् कि भनेर बुझ्न तपाईंको क्षेत्रको स्थानीय सरकारको वेबसाइट हेर्नुहोस्।

बिरामीको गोपनीयता अस्पतालको सबैभन्दा ठुलो प्राथमिकता हो। तिनीहरूले सही सहमति प्राप्त गर्नका लागि बिरामीहरूलाई उनीहरूको उपचारको बारेमा बुझेको सुनिश्चित गर्न हर प्रयास गर्छन्। यदि तपाईंले जापानी भाषा बोल्ने परिवार वा साथीहरूलाई दोभाषेको रूपमा परामर्शमा ल्याउनुभयो भने, तिनीहरूले पनि तपाईंको अवस्था थाहा पाउने सम्भावना हुन्छ।
साथै, जापानी भाषा बुझ्ने व्यक्तिको क्षमताको आधारमा, अनुवाद सधैं सही नहुन पनि सक्छ। तपाईंले मद्दतको लागि सोध्दा यो विचार गर्नुहोस्।

भुक्तानी र लागत

जापानी राष्ट्रिय स्वास्थ्य बीमा बिना विदेशीहरूको लागि लागत र जापानमा उनीहरूको बसाइको समयमा चिकित्सा हेरचाह र उपचारको आवश्यकता खर्चिलो र महँगो हुन सक्छ। निजी स्वास्थ्य बीमा र यात्रा बीमा हुनु र आफ्नो बीमाको विवरण अग्रिम जान्नु महत्त्वपूर्ण हुन्छ ।

त्यहाँ निजी बीमा पनि छन जुन तपाईं जापान आइपुगे पछि लाभ उठाउन सक्नुहुन्छ तर तपाईंले तिनीहरूबाट लाभ पाउनको अघि केही आवश्यकताहरू हुन्छन्। तीन महिना वा सोभन्दा बढी समयको लागि जापानमा बसोबास गर्ने अनुमति पाएका विदेशी बासिन्दा र तिनका परिवारहरू जापानको राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा सामेल हुन बाध्य छन्। कम्पनीको लागि काम गर्ने विदेशीहरूको लागि तिनीहरूको कम्पनी मार्फत स्वचालित रूपमा दर्ता हुन्छ र त्यहाँ व्यक्तिगत रूपमा दर्ता गराउनु आवश्यक पर्दैन।

यदि तपाईंसँग जापानी राष्ट्रिय स्वास्थ्य बीमा छ र यसलाई मासिक रूपमा तिर्दै हुनुहुन्छ भने, तपाईंले कुल चिकित्सा लागतको ३०% मात्र तिर्नु हुनेछ। यद्यपि, यदि तपाईंसँग कुनै प्रकारको बीमा छैन भने, तपाईंले अग्रिम भुक्तानी गर्नुपर्नेछ र रकम धेरै महँगो हुन सक्छ।

अधिकांश चिकित्सा उपचार लागत चिकित्सा बीमा द्वारा कभर गरिएको हुन्छ। यद्यपि, मेडिकल बीमाले मेडिकल इमर्जेन्सी, चिकित्सा प्रमाणपत्र शुल्क, गर्भवती महिलाको परीक्षण र सुत्केरीको लागत, दाँतको जाँच र मेडिकल परीक्षण बाहेकका ओभरटाइम परामर्शहरू समावेश गर्दैन। कृपया तपाइँ जानु अघि चिकित्सा संस्थालाई सम्पर्क गर्नुहोस्।
क्रेडिट कार्ड मार्फत भुक्तानी सबै चिकित्सा सुविधाहरूमा सम्भव नहुन सक्छ, त्यसैले तपाइँ परामर्शमा आउँदा केहि रकम लिएर आउन सिफारिस गरिन्छ। स्वास्थ्य बीमा द्वारा प्रतिपूर्ति पाउनका निमित्त तपाईंले प्राप्त गर्नुभएका सबै उपचारहरूको रसिद राख्नुहोस्।

परामर्श प्रक्रिया

अस्पताल जाने सामान्य प्रक्रिया निम्नानुसार छ:

  1. 0. भ्रमण अघि सोधपुछ (Inquiries before the visit)

    तपाईको पहिलो भ्रमणको मिति र समय, भेटघाटको आवश्यकता, र रेफरल पत्रको आवश्यकता पुष्टि गर्न चिकित्सा संस्थालाई सम्पर्क गर्नुहोस्। यदि तपाइँ क्रेडिट कार्डद्वारा भुक्तानी गर्न चाहनुहुन्छ भने, तिनीहरूले क्रेडिट कार्डद्वारा भुक्तानी स्वीकार गर्छन् वा गर्दैनन् भनेर पुष्टि गर्नुहोस्।

  2. १. रिसेप्शन (Reception)

    जब तपाईं अस्पताल पुग्नुहुन्छ, स्वागत डेस्कमा जानुहोस् र तिनीहरूलाई भन्नुहोस् कि यो तपाईंको पहिलो भ्रमण हो। आफ्नो स्वास्थ्य बीमा कार्ड र रेफरल पत्र प्रस्तुत गर्नुहोस्। यदि तपाइँ विदेशी नागरिक हुनुहुन्छ भने, तपाइँलाई तपाइँको राहदानी वा अन्य परिचय पत्र देखाउन सोध्न सकिन्छ। यदि तपाइँ जापानको बासिन्दा हुनुहुन्न भने, तपाइँलाई जमानत तिर्न सोध्न सकिन्छ।

  3. २. स्वास्थ्य इतिहास प्रश्नावली भर्नुहोस् (Fill up a health history questionnaire)

    तपाईंलाई स्वास्थ्य प्रश्नावलीको जवाफ दिन सोधिनेछ। तपाईंको वर्तमान लक्षणहरूको अतिरिक्त, तिनीहरूलाई तपाईंको विगतको इतिहास र एलर्जीहरूको बारेमा बताउनुहोस्। तपाईंले डाक्टरलाई भेट्नु अघि शरीरको तापक्रम जाँच गर्न सकिन्छ।

  4. ३. परामर्श र परिक्षण (Consultaion and examination)

    यदि तपाइँ अपोइन्टमेन्ट बिना जानु भयो भने, तपाइँलाई समय र क्रम अनुसार बोलाईनेछ। बिरामीको अवस्था र अत्यावश्यकता अनुसार बिरामीको क्रम परिवर्तन हुन सक्छ। प्रतिक्षा गर्ने समय बिरामीहरूको संख्यामा निर्भर हुन सक्छ।
    डाक्टरहरूको निदानको आधारमा, तपाईंलाई थप परीक्षणहरू आवश्यक पर्न सक्छ, यदि त्यसो हो भने, तपाईंलाई निर्देशन दिइनेछ वा तिनीहरूले तपाईंलाई अर्को दिन आउन भन्न सक्छन्।

  5. ४. भुक्तानी

    तपाईंको परामर्श र परीक्षण पछि भुक्तानी गर्न जानुहोस्। चिकित्सा खर्च जापानमा मानक चिकित्सा शुल्क प्रणाली अनुसार गणना गरिनेछ। बीमा नगर्नेहरूका लागि अस्पतालले तोकेको रकम चार्ज गरिनेछ।

  6. ५. प्रिस्क्रिप्शन

    यदि तपाइँसँग प्रिस्क्रिप्शन औषधि छ भने, तपाइँ यसलाई अस्पताल भित्र वा अस्पताल बाहिर फार्मेसी ("च्योउजाइ याक्क्योकु") मा प्राप्त गर्न सक्नुहुन्छ।
    जब तपाइँ डिस्पेन्सिङ फार्मेसीमा जानुहुन्छ, तपाइँको प्रिस्क्रिप्शन र बीमा कार्ड प्रस्तुत गर्नुहोस्। त्यहाँ प्राय: चिकित्सा संस्थानहरू नजिकै धेरै डिस्पेन्सिङ फार्मेसीहरू हुन्छन्, त्यसैले तपाईंले तिनीहरूलाई पत्ता लगाउन चिन्ता लिनु पर्दैन। प्रिस्क्रिप्शनहरू प्रायः ४ दिनको लागि मात्र मान्य हुन्छन्। तपाईंको औषधिहरू जारी हुने बित्तिकै फार्मेसीबाट लिने गर्नुहोस्।
    एक औषधि नोटबुक ("कुसुरी थेच्योउ") सामान्यतया फार्मेसीहरू द्वारा जारी गरिन्छ ताकि विभिन्न चिकित्सा संस्थाहरूबाट प्राप्त प्रिस्क्रिप्शनहरू एउटै नोटबुकमा रेकर्ड गर्न सकिन्छ। यदि तपाइँसँग औषधि खाने बारे कुनै प्रश्नहरू छन् भने, तपाइँ आफ्नो फार्मासिस्टलाई सोध्न सक्नुहुन्छ।

  7. ६. रेफरल

    थप उपचारको चिकित्सकले सल्लाह दिएमा रेफरल लेटर जारी गर्न सकिन्छ।