Hepatitis B

हेपाटाइटिस बी

हेपाटाइटिस बी, हेपाटाइटिस बी भाइरसको कारण हुने कलेजोको भाइरल रोग हो।
२०-३०% हेपाटाइटिस बी केसहरूमा १-६ महिनाको इन्क्युबेशन अवधि पछि तीव्र संक्रमण हुन्छ, र बाँकी लक्षण बिना निको हुन्छ। तीव्र हेपाटाइटिसको, १-२% फलमिनेन्ट हेपाटाइटिस भनिने गम्भीर कलेजोको रोगमा विकास हुन सक्छ। हेपाटाइटिस बी भाइरस उपचार पछि पनि कलेजोमा रहन सक्छ, तर धेरै जसोले आफ्नो प्रणालीमा हेपाटाइटिस बी भाइरस भएपनी कुनै पनि स्वास्थ्य समस्या अनुभव गर्दैनन्।
अर्कोतर्फ, वयस्कको रूपमा संक्रमित हुने लगभग ५-१०% मानिसहरूमा भाइरस कलेजोमै रहन्छ (६ महिना भन्दा बढी)। यी धेरै मामिलाहरूमा लामो समयसम्म कुनै लक्षण वा जटिलताहरू हुँदैनन्। यद्यपि, यो क्रोनिक हेपाटाइटिस र सिरोसिसमा परिणत हुन सक्छ। सिरोसिसले कलेजोको क्यान्सर हुने जोखिमलाई निकै बढाउँछ।
हेपाटाइटिस बी भाइरस धेरै प्रकारको हुन्छ। हिजोआज यौन क्रियाकलापबाट संक्रमित व्यक्तिहरूमा भने यो प्रगतिशील र क्रोनिक हेपाटाइटिसमा विकास भएको पाइएको छ।

संक्रमणको मार्ग र रोकथाम

पाटाइटिस बी भाइरस रगत, वीर्य र योनि स्राव मा हुन्छ र तपाईं श्लेष्म झिल्ली र घाउहरुको सम्पर्क द्वारा संक्रमित हुन सक्नुहुन्छ।
संक्रमणको प्रमुख कारणहरू आमा देखी बच्चामा हुने संक्रमण, रक्तक्षेपण, चिकित्सकीय कर्मचारीमा आकस्मिक सुईको घोचाइ, र सिरिन्जहरू साटासाट गर्ने पर्दछन्, तर यी जोखिमहरू घटेका छन् र जापान भर गरिएको उचित उपायहरूले लगभग शुन्य बराबर छन्। संक्रमणको वर्तमान मार्ग यौन गतिविधिको माध्यमबाट देखिएको छ। अर्को मार्ग हो जब छेड्ने वा ट्याटू बनाउने उपकरण बारम्बार इस्टेरिलाईजेशन बिना प्रयोग गरिन्छ।
सामान्य अवस्थामा हेपाटाइटिस सर्ने सम्भावना हुँदैन। टूथब्रस र रगत भएको सेभिङ मेसिन जस्ता दैनिक वस्तुहरू साझा नगर्नुहोस्, तिनीहरूलाई धुनुहोस् वा बेरेर फाल्नुहोस्। सरसफाइ नभएका सुविधाहरूमा चिकित्सा प्रक्रियाहरू नगर्नुहोस्। अन्तमा, यदि तपाइँ सुई प्रयोग गर्ने कुनै गैर-चिकित्सा प्रक्रिया लिन जाँदै हुनुहुन्छ, जस्तै ट्याटु गर्ने वा छेड्ने भने कम्तिमा कृपया उचित संक्रमण नियन्त्रण र इस्टेरिलाईजेशन भएको ठाँउ छान्नुहोस्।
हेपाटाइटिस बी खोप उपलब्ध छ र यो निश्चित समय अवधिमा तीन पटक दिइन्छ। यदि तपाईंको पार्टनर संक्रमित छैनन भने पनि र यौन साझेदारहरूमा प्रसारण रोक्नको लागि पनि हेपाटाइटिस बी खोप सिफारिस गरिन्छ। कण्डमले यौन संक्रमणको जोखिम कम गर्न मद्दत गर्छ, तर १००% संक्रमण रोक्न सक्दैनन्। खराब सरसफाइ र फोहोर क्षेत्रमा यात्रा गर्दा खोप पनि सिफारिस गरिन्छ।
कहिलेकाहीँ खोपले रोकथामको लागि पर्याप्त प्रतिक्रिया दिन सक्दैन। तपाईंले एन्टिबडी टाइटरमा पर्याप्त वृद्धि भएको छ कि छैन भनेर बुझ्न भ्याक्सिन लगाउनु अघि र पछि आफ्नो एन्टिबडी टाइटरहरू परीक्षण गर्न सक्नुहुन्छ।
हेपाटाइटिस बी भाइरस भएको गर्भवती महिलाले आफ्नो बच्चामा नसर्ने उपायहरू अपनाउनुपर्ने हुन्छ।

परीक्षण

हेपाटाइटिस बी को लागि विभिन्न परीक्षणहरू छन्।
सबैभन्दा सामान्य परीक्षण HBs एन्टिजेन परीक्षण हो। हेपाटाइटिस बी प्रतिरक्षा HBs एन्टिबडी परीक्षण द्वारा जाँच गर्न सकिन्छ।
तीव्र हेपाटाइटिसका लागि प्रयोगशाला परिणामहरूले सीरम लिभर ट्रान्सअमिनेज (ALT वा GPT, AST वा GOT) औसत स्तर भन्दा बढी देखाउँछ। जब जन्डिस देखापर्छ, बिलिरुबिनको मात्रा पनि बढ्छ। थप रूपमा, कलेजो बाहेक अन्य अंगहरू क्षतिग्रस्त भए नभएको जाँच गर्न रगत परीक्षण र इमेजिङ परीक्षणहरू गर्न सकिन्छ।
क्रोनिक हेपाटाइटिस वा सिरोसिसको लागि, तपाईंले नियमित रूपमा आफ्नो डाक्टरलाई देखाउनु पर्छ। कलेजोको क्यान्सरको लागि नियमित इमेजिङ परीक्षणहरूको अतिरिक्त, एन्टिभाइरल उपचारको आवश्यकता निर्धारण गर्न र यसको प्रभावकारिता जाँच गर्न परीक्षणहरू गरिनेछ।

उपचार

हेपाटाइटिस बी संक्रमणको मुख्य फोकस लक्षणहरूको उपचार हो।
गम्भीर लक्षण भएका बिरामीहरू वा रगत परीक्षणले कलेजोमा क्षति देखाएको खण्डमा अस्पतालमा भर्ना हुनु आवश्यक हुन सक्छ। तीव्र चरणको समयमा कलेजोको कार्य बिग्रन सक्छ, र त्यसैले, कम-प्रोटिन, कम फ्याट आहारले ग्यास्ट्रोइंटेस्टाइनल लक्षणहरू सुधार गर्ने विश्वास गरिन्छ।
धेरैजसो बिरामीहरू रोग सुरु भएको १-२ महिना भित्र निको हुन्छन्, तर धेरै विरलै (०.१%), फलमिनेन्ट हेपाटाइटिस भनिने गम्भीर अवस्थामा पुग्छन र कलेजो बाहेकका अंगहरू क्षतिग्रस्त हुन सक्छन्। कृपया डाक्टरलाई भेट्नुहोस्।
क्रोनिक हेपाटाइटिसको लागि एन्टिभाइरल थेरापी दिइन्छ। इन्टरफेरोन थेरापीको अतिरिक्त, एन्टिभाइरल एजेन्टहरू जसलाई न्यूक्लिक एसिड एनालगहरू भनिन्छ जुन मूल रूपमा एचआईभी संक्रमणको लागि उपचारात्मक एजेन्टको रूपमा विकसित गरिएको थियो हेपाटाइटिस बी उपचारको लागि पनि प्रयोग गरिन्छ। उपचारको लागि न्यूक्लिक एसिड एनालगहरू प्रयोग गर्दा हेपाटाइटिस बी संक्रमण एचआईभी संक्रमणसँग सम्बन्धित छ कि छैन भनेर मूल्याङ्कन गर्न आवश्यक छ। एचआईभी संक्रमणको बिरूद्ध एक्लै न्यूक्लिक एसिड एनालगहरूको प्रयोगले एचआईभी औषधिहरूको प्रतिरोध गर्न सक्छ, त्यसैले एचआईभी र हेपाटाइटिस बी दुबै संक्रमित व्यक्तिहरूको लागि थप जटिल उपचारको दृष्टिकोण आवश्यक छ।