टोकियो योन स्वास्थ्य के हो

11 / 26 / 2020

टोकियो योन स्वास्थ्य, यौन स्वास्थ्यको बारेमा सही ज्ञान र समझ फैलाउनको लागि बनाइएको हो।

हामीलाई यो विश्वास छ कि यहाँ धेरै व्यक्तिहरू छन् जसले आफ्नो यौन स्वास्थ्यको बारेमा आफ्नो चिन्ता र समस्याहरू कसैलाई सेयर गर्न सकिरहेका छैनन्, र यसलाई आफैंमा सिमित राख्ने गर्दछन्।

यो साइट योन सम्पर्कबाट सर्ने रोघहरु STDs मा मात्र सीमित छैन यसमा धेरैलाई लाभदायक हुने विभिन्न विषय र कथाहरू पनि समावेश गरिनेछ। कोभिड–१९ को महामारीका कारण जापान आउने विदेशीहरुको सङ्ख्यामा कमी आएको भएता पनि स्वदेश फर्कन नसकेका विदेशीहरू भने जापानमै बसोबास गरिरहेका छन्। यस साइटले हालको लागि जापानमा रहँदै र बस्दै आएका विदेशीहरूका लागि निरन्तर काम गर्नेछ, र हामीले यो साइटलाई बहुभाषाहरूमा उपलब्ध गराउने लक्ष्य राखेका छौं।