यौन शिक्षा - यो हामीलाई किन चाहिन्छ ?

2 / 7 / 2022

के तपाईलाई थाहा छ यौन शिक्षाको मामिलामा जापान एक पिछडिएको देश मानिन्छ ? संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय यौन शिक्षा गाइडेन्स, यौन शिक्षाको लागि अन्तर्राष्ट्रिय गाईडमा, ५-८ वर्षको उमेरमा 'बच्चाहरू कहाँबाट आउँछन्' र ९-१२ वर्षको उमेरमा 'गर्भधारण कसरी हुन्छ र यसलाई कसरी रोक्न सकिन्छ' भन्ने कुराको व्याख्या समावेश गरिएकोछ। यसले यौन शिक्षाको लागि उमेर विशेष सिकाइका उद्देश्यहरू प्रदान गर्दछ, जस्तै 'गर्भनिरोधक विधिहरू पहिचान गर्ने', र सानै उमेरदेखी विशेष योन शिक्षा प्रदान गरिनुपर्छ भन्ने कुराको सिफारिस गर्दछ ।
'त्यती चाँडैदेखी ?' कसै-कसैलाई स्वास्थ्य शिक्षा सिकाउन यो धेरै चाँडो भयो भन्ने लाग्न सक्छ। यहाँ हामी सँग-सँगै विश्लेषण गर्नेछौं कि किन यौन शिक्षा आवश्यक छ र कसरी यौन शिक्षाको बारेमा सिक्नाले तपाईंलाई अगाडी बढ्न मद्दत गर्न सक्छ।


सानैदेखि यौन शिक्षा प्रदान गर्नाले अनावश्यक गर्भधारणको रोकथाम गर्छ


के तपाईलाई थाहा छ यौन शिक्षाको मामिलामा जापान एक पिछडिएको देश मानिन्छ ? संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय यौन शिक्षा गाइडेन्स, यौन शिक्षाको लागि अन्तर्राष्ट्रिय गाईडमा, ५-८ वर्षको उमेरमा 'बच्चाहरू कहाँबाट आउँछन्' र ९-१२ वर्षको उमेरमा 'गर्भधारण कसरी हुन्छ र यसलाई कसरी रोक्न सकिन्छ' भन्ने कुराको व्याख्या समावेश गरिएकोछ। यसले यौन शिक्षाको लागि उमेर विशेष सिकाइका उद्देश्यहरू प्रदान गर्दछ, जस्तै 'गर्भनिरोधक विधिहरू पहिचान गर्ने', र सानै उमेरदेखी विशेष योन शिक्षा प्रदान गरिनुपर्छ भन्ने कुराको सिफारिस गर्दछ ।
'त्यती चाँडैदेखी ?' कसै-कसैलाई स्वास्थ्य शिक्षा सिकाउन यो धेरै चाँडो भयो भन्ने लाग्न सक्छ। यहाँ हामी सँग-सँगै विश्लेषण गर्नेछौं कि किन यौन शिक्षा आवश्यक छ र कसरी यौन शिक्षाको बारेमा सिक्नाले तपाईंलाई अगाडी बढ्न मद्दत गर्न सक्छ।

१. यौन सम्पर्क गरेर
२. गर्भधारणा कसरी हुन्छ थाहा नभएर
३. गर्भनिरोधकको विषयमा ज्ञानको अभाव भएर
४. गर्भावधिको हप्ताहरुको संख्या कसरी गणना गर्न थाहा नभएर
५. गर्भपात २१ हप्ता ६ दिन सम्ममा मात्र उपलब्ध हुन्छ भन्ने थाहा नभएर
६. आफ्नै शरीरको बारेमा ज्ञानको अभाव भएर
(स्रोत:जापानीज एसोसिएसन अफ ओब्स्टेट्रिशियन्स एन्ड गायनोकोलोजिस्ट

जापानको पिछडिएको योन शिक्षा


जापानमा यौन शिक्षा विद्यालय शिक्षाको दिशानिर्देशमा आधारित छ, महिनावारी र वीर्यको जानकारी प्राथमिक विद्यालयहरूको चौथो वर्षको स्वास्थ्य र शारीरिक शिक्षामा पढाइन्छ, पाँचौं वर्षको विज्ञानमा प्रजनन कार्यहरू पढाइन्छ, र जुनियर हाई स्कूलमा निषेचन र गर्भावस्थाको बारेमा पढाइन्छ, तर गर्भधारणा कसरी हुन्छ र यसको प्रक्रिया भने प्राथमिक र जुनियर हाई स्कूलहरूमा समेटिएको छैन।
यसको अर्थ उनीहरूले विद्यालयमा गर्भधारण र गर्भनिरोधको बारेमा सही ज्ञान सिक्न सक्दैनन्, र उनीहरू आफ्ना सिनियर्, साथी-भाइ वा इन्टरनेट मार्फत प्राप्त गरेको ज्ञान नै सही हो वा पर्याप्त छ कि छैन भनेर थाहै नपाई यौन कार्यमा सक्रिय हुनसक्छन्। असुरक्षित यौनसम्पर्कले गर्भावस्थासँगै यौन रोगको जोखिम पनि बढाउन सक्छ।

वास्तवमा, जापानमा सिफिलिस रोग बढ्दै गएको छ, विशेष गरी साना उमेरका व्यक्तीहरुमा।

यसैले हामीले गर्भधारण कसरी हुन्छ, सही गर्भनिरोधक विधिहरू र आफ्नै शरीरको राम्रो ज्ञान र यौन सम्पर्कबाट सर्ने संक्रमणहरूको बारेमा जानकारी राखेर अनिच्छित गर्भधारण र यौन संचारित संक्रमणहरूको रोकथाम गर्न सक्छौं।
यो यौन शिक्षाको अन्तर्राष्ट्रिय मापदण्ड हो र जापानिज एसोसिएसन अफ ओब्स्टेट्रिशियन्स एण्ड गायनोकोलोजिस्टले जुनियर हाईस्कुल शिक्षाको अन्त्यसम्म यो अनिवार्य रूपमा पढाउन नसके धेरै ढिला हुनसक्ने धारणा व्यक्त गरेको छ ।

यौन शोषण रोक्न बालबालिकालाई 'निजी क्षेत्र/ गुप्ताङ्ग' बारे सिकाउँने


सानैदेखि यौन शिक्षा प्रदान गर्नाले यौन शोषण रोक्न मद्दत पुग्छ। 'गुप्ताङ्ग' को बुझाइ विशेष गरी महत्त्वपूर्ण छ। 'गुप्ताङ्ग' भनेको पौडी खेल्ने पोशाक लगाउँदा लुकाइने शरीरको भाग हो जुन सामान्यतया लुकाइन्छ। यी शरीरका महत्त्वपूर्ण अंगहरू हुन् जुन तपाईंको लागि मात्र हो, त्यसैले तपाईंले तिनीहरूलाई सरल, कोमल र दोहोरिने तरिकामा 'अरूलाई हेर्न वा छुन नदिने' र 'अरूको गुप्ताङ्गहरू हेर्न वा छुनु हुँदैन' भन्ने आधारभूत कुराहरू सिकाउन आवश्यक छ।

मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष २०२० मा गरेको महिला र पुरुषबीचको हिंसासम्बन्धी सर्वेक्षण अनुसार ८.८% महिला र ५.९% पुरुषहरु प्राथमिक विद्यालयमा प्रवेश गर्नुअघि नै नाबालिक अवस्थामै भने महिलाहरु (११.२%) र पुरुषहरु (११.८%) प्राथमिक विद्यालयमा हुँदा र महिलाहरू (४.०%) र पुरुषहरू (११.८%) जुनियर हाई स्कूलमा हुँदा यौनसम्पर्क वा अन्य यौनजन्य दुर्व्यवहारको सिकार भएका थिए। प्रतिवेदनले बालबालिकालाई हुने यौनजन्य हानि रोक्नका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने कुरामा पनि जोड दिएको छ।
यदि कसैले तपाइँलाई तपाइँको 'गुप्ताङ्ग' 'देखाउन' वा 'छुन' खोज्छ वा तपाइँलाई मन नपर्ने केहि कुरा गर्छ भने, स्पष्ट रूपमा 'नाई' भन्नु र परिस्थितिबाट भाग्नु पनि महत्त्वपूर्ण हुन्छ। हामीले उनीहरूलाई यो बताउन आवश्यक छ कि एक अभिभावकको रूपमा आफ्नो बच्चालाई यौन हानिबाट बचाउनको लागि तपाइँका बच्चाहरुले तपाईंसँग यस विषयमा कुराहरु सेयर गर्नसक्छन्। थप रूपमा, गुप्ताङ्ग महत्त्वपूर्ण स्थान हो भन्ने बुझ्दा तपाईंलाई सुरक्षा मात्र प्रदा अन हुँदैन, अरूप्रति सम्मान पनि बढेर आँउछ, जसले गर्दा अपराधीहरूलाई रोक्न मद्दत पुग्छ।

माथि उल्लिखित अन्तर्राष्ट्रिय यौन शिक्षा मार्गदर्शनले १५–१८ वर्षका बालबालिकाका लागि सिकाइको उद्देश्य 'प्रजनन, यौन कार्य र यौन इच्छा बीचको भिन्नता छुट्याउनु' हो र 'यौन सम्बन्धमा दुवै साझेदारहरूको सहमति जहिले पनि आवश्यक हुन्छ' भन्ने कुरा उल्लेख गरिएको छ।

यौन शिक्षाले यौन व्यवहारलाई अझ विवेकशिल बनाउँछ र अरूको लागि सम्मान बढाउँछ


जापानको यौन शिक्षामा रहेको शुस्तिको कारण सुतेको बच्चालाई ब्युँझाउन नचाहने भावना हो जस्तो देखिन्छ, तर विभिन्न अध्ययनहरूले देखाएको छ कि यौन शिक्षा प्रदान गर्नाले यौन सम्बन्ध राख्ने उमेर छिटो हुने हुँदैन बरु, यसले यौन शिक्षालाई अझ विवेकशील बनाउँछ।

यो औंल्याइएको छ कि युवाहरूमा अप्रत्याशित गर्भधारण र जन्मले विद्यालय र घरजस्ता क्षेत्रमा आत्मीयता गुमाउन टेवा पुग्न सक्छ। साथै, पछिल्लो समय समाजमा आफ्नो स्थान गुमाएका र सामाजिक सञ्जालमार्फत यौन शोषणको सिकार हुने युवतीहरुको संख्या बढ्दै गएको छ र यो सामाजिक समस्या बनिसकेको छ । यद्यपि प्रत्येक व्यक्तिको पृष्ठभूमि फरक हुन्छ, यसलाई सम्बोधन गरिनुपर्छ। यी मध्ये एक यौन सम्बन्धी सही ज्ञान प्रदान गर्नु महत्त्वपुर्ण छ।

यद्यपि, धेरै अभिभावक र बच्चाहरू एकअर्कासँग यौनबारे छलफल गर्न अनिच्छुक हुन्छन् किनभने स्कूलका विषयहरूले यथार्थपरक जानकारी सिकाउँदैनन् र घरमा, आमाबाबुको पुस्ताले उचित यौन शिक्षा पाएका हुँदैनन्।

यही कारणले गर्दा प्रसूति तथा स्त्री रोग विशेषज्ञ, मिडवाइफ, नर्स र गैरनाफामूलक संस्थाहरूले विद्यालयमा गएर यौन शिक्षा दिने पहलहरू अहिले देशका धेरै भागहरूमा फैलिरहेका छन्।
लिंग र यौनाङ्ग न घृणित हुन् न त फोहोर हुन् भन्ने कुरालाई मान्यता दिनु पनि आधारभूत मानवअधिकारलाई बुझ्नको लागि 'महत्वपूर्ण' र 'सम्मानयोग्य' छन्। यौनजन्य हिंसाका पीडित र पीडक दुवैको सिर्जना हुन नदिन यौन शिक्षालाई अभिवृद्धि गर्नु आवश्यक छ ।
सही ज्ञान र जानकारीले कामुकतालाई सकारात्मक बनाउँछ र सुखी जीवनको आधार निर्माण गर्दछ।