आफ्नो स्वास्थ्यको व्यवस्थापनका लागि कामुकताको बारेमा जानौं

10 / 12 / 2021

Tokyo Sexual Health interview

सुश्री आसुका सोमेया, अध्यक्ष, NPO पिल्कोन

someya_tate.jpg

गैर-लाभकारी संस्था पिल्कोन अनावश्यक गर्भधारण र यौन संचारित रोगहरूको रोकथाम, सही यौन ज्ञानको प्रवाह, साथै मानिसहरूमा लैङ्गिक भेदभाव नगरी आफ्नो जीवन र करियरको योजना बनाउन सहयोग गर्ने जागरूकता बढाउनमा संलग्न छ। हामीले योनको बारेमा सिक्नुको महत्त्व र यसबाट के सिक्न सकिन्छ भन्ने बारेमा निर्देशक बोर्डका अध्यक्ष आसुका सोमेयासँग कुरा गर्‍यौं।

मेरो आफ्नै अनुभवले पिल्कोन को स्थापना भयो।


pilconlogo.jpegधेरै युवाहरू प्रेममा हुँदा मात्र पनि अप्रत्याशित गर्भधारण, गर्भपतन र यौन संचारित संक्रमणबाट पीडित छन्। मैले पनि आफु विश्वविद्यालयको तेस्रो वर्षमा हुँदा अप्रत्याशित गर्भधारण गरेको थिएँ। धेरै कठिन समय पछि, मैले गर्भपतन गर्ने निर्णय गरे किनभने मैले सोचें कि मेरो जीवनको यस समयमा बच्चा जन्माउनु र हुर्काउनु गाह्रो हुनेछ, तर यो अनुभव निकै पीडादायी थियो। मसँग सही ज्ञान नभएकोमा म पछुताँए, तर मैले यो पनि त्यतिबेला महसुस गरें कि मेरा धेरै साथीहरू म जस्तै परिस्थितिमा थिए र उनीहरूलाई पनि यस्तो अनुभव कहिले बेहोर्नु पर्ने हुनेछ थाहा छैन।
गर्भावस्था जीवनको एक प्रमुख पाटो हो। त्यसैले मैले यसबारे राम्ररी जान्न आवश्यक ठानेँ र सन् २००७ मा मैले पिल्कोन नामक विद्दार्थी संगठन्, एक गर्भनिरोधक सचेतना समूहको स्थापना गरें। त्यसपछि, यो स्वयंसेवकहरूको संगठन बन्यो जसमा मुख्यतया २० देखी ३० दशकका मानिसहरू संलग्न थिए, र यो २०१३ देखि एक गैर-नाफा संस्थाको रूपमा सक्रिय छ।

युवाहरूमा गर्भधारण, गर्भपतन र यौन संचारित रोगहरू बारे ज्ञानको कमीको कारण धेरै हदसम्म तिनीहरूको बारेमा सिक्ने अवसरको अभाव हो। यौन स्वास्थ्य सम्बन्धी मेरो अध्ययनको क्रममा, मैले अनावश्यक गर्भधारणलाई कसरी रोक्ने, उनीहरू गर्भवती भएमा उनीहरूका लागि के विकल्पहरू उपलब्ध छन्, र उनीहरूले कहाँ र कस्तो प्रकारको हेरचाह प्राप्त गर्न सक्छन् भन्ने कुरा सबैलाई थाहा पाउने अधिकार छ भन्ने आफ्नो विश्वासलाई बलियो बनाएको छु। ।

सबैलाई 'व्यापक यौन शिक्षा'को अधिकार छ


pilcon_edu.jpg
 

जापानी समाजमा सेक्सको बारेमा कुरा गर्न अझै कठिन छ, र त्यहाँ अझै पनि यौन शिक्षा वास्तवमा सेक्सको बारेमा सिकाउनु जस्तै हो जसले युवाहरूमा यौन व्यवहार वा यौन गतिविधिलाई बढाउन प्रोत्साहन गर्छ भन्ने जस्तो प्रबल गलत धारणा छ।
तर, पछिल्लो समय यौन शिक्षाको बारेमा धेरै पुस्तकहरू प्रकाशित भएका छन् । राष्ट्रिय सरकारले पनि ‘जीवनका लागि सुरक्षा शिक्षा (जीवन)’*१ अन्तर्गत यौन अपराध र यौन हिंसा विरुद्धको लडाइलाई बलियो बनाउन शिक्षण सामग्री र मार्गदर्शन पुस्तिकाहरू उत्पादन गरेर यौन स्वास्थ्य प्राप्त गर्न शिक्षा क्षेत्रमा काम गर्न थालेको छ।

अन्तराष्ट्रिय रूपमा, यौन अधिकारको घोषणालाई वोर्ल्ड सोसाइटी फर सेक्सोलजी (अहिले वोर्ल्ड सोसाइटी फर सेक्स्युयल हेल्थ)ले सबैलाई 'व्यापक यौन शिक्षा' प्राप्त गर्ने अधिकार छ भन्ने कुरा जनौँदै सन १९९९ मा अपनाएको थियो।
समावेशी यौन शिक्षा भनेको 'शारीरिक रोगहरू रहित मात्र नभइ यौन स्वास्थ्य, कल्याण र मर्यादाका साथ सन्तुष्टिसँग बाँच्न पाउने अधिकारको उद्देश्यका साथ लैङ्गिक समानता र लैङ्गिक विविधता लगायत मानव अधिकारको सम्मानमा आधारित यौन शिक्षाको पाठ्यक्रम हो।'
यो एक शिक्षार्थी-केन्द्रित, शिक्षणको अन्तरक्रियात्मक दृष्टिकोण द्वारा चिनिन्छ, जसले विद्यार्थीहरूलाई उपयुक्त मनोवृत्ति र विशिष्ट सीपहरू साथै उनीहरूको कामुकतामा ज्ञान विकास गर्न मद्दत गर्दछ।

हामीले सुरुमा गर्भनिरोधक सम्बन्धी जानकारी पनि फैलाएका थियौं, तर मानव अधिकार र यौन विविधतालाई एक आधारको रूपमा बुझ्न, पृष्ठभूमिमा लैङ्गिक भिन्नता, यौन हिंसा र स्वस्थ सम्बन्धहरू जस्ता विषय हरु समावेश गर्न हामीले आफ्नो विषयहरूलाई अझै फराकिलो बनाउन आवश्यक रहेको महसुस गर्यौँ। यौन शिक्षाको अन्तर्राष्ट्रिय मार्गनिर्देशन *२, यौन शिक्षाको लागि एक अन्तर्राष्ट्रिय दिशानिर्देशले, बताउँछ कि 'व्यापक कामुकता शिक्षा' को फाइदाहरूमा पहिलो यौनसम्पर्कको समयमा बढी उमेर हुनु, यौनसम्पर्कको आवृत्तिमा कमी आउनु, यौन साझेदारहरुमा कमी आउनु, कम जोखिमपूर्ण व्यवहार, कण्डमको बढ्दो प्रयोग, गर्भनिरोधकको बढ्दो प्रयोग र आफैं बन्ने क्षमता समावेश छ। । प्रतिवेदनले यो पनि बताउँछ कि यसले अद्वितीय हुनु या आफ्नो छुटै तरिका हुनु ठिकै हो भन्ने आत्म-सम्मानको भावनालाई सुढृड गर्न मद्दत गर्छ।

पुरुषहरू पनि सेक्सको बारेमा सकारात्मक हुन संघर्ष गर्छन्


पिल्कोन वेबसाइटसँग सम्बन्ध र यौन समस्या र प्रश्नहरू समाधान गर्नको लागि हेप्पी लभ गाइड भनिने पृष्ठ छ, जहाँ सबैभन्दा बढी हेरिने पृष्ठ 'मेल बडि' भन्ने पृष्ठ हो। साथै, विदेशबाट यौन शिक्षा भिडियोहरू अनुवाद गर्ने एमेज मा, पुरुष कामुकता र हस्तमैथुन सम्बन्धी धेरै सामग्रीहरू हेरिएको छ, जसले हामीलाई फेरि एक पटक सम्झाउँछ कि पुरुषहरू पनि कामुकतासँग संघर्ष गरिरहेका छन्। मलाई लाग्छ कि त्यहाँ धेरै व्यक्तिहरू छन् जो सेक्सको बारेमा सकारात्मक हुन सक्दैनन् र यससँग संघर्ष गरिरहेका छन्, यद्यपि उनीहरू खुलेर भन्न सक्दैनन्।
धेरै मानिसहरूलाई यो थाहा छ कि चाँडै यौन अनुभव गर्नु राम्रो कुरा हो र स्खलन सेक्स को एक प्राकृतिक प्रकृया हो, तर सम्मिलन र स्खलन सेक्सको एउटा पाटो मात्रै हो। यदि वयस्कहरूले केटाहरू र केटीहरूलाई सेक्स विशेष रूपमा संचारको एक सहज माध्यम मात्र हो जसमा दुबै पक्षहरूले एकअर्कालाई सम्मान गर्छन् भन्ने कुरा ठीकसँग बुझाउँन सकेभने, उनीहरूले सेक्सलाई अद्भुत र परिपूर्तिको रूपमा बुझ्नेछन्। मलाई लाग्छ कि बालबालिकाको यौन स्वास्थ्यलाई यसरी जोगाउनु वयस्क र समाजको दायित्व हो।

यौन स्वास्थ्य र अधिकार सुरक्षित भएको समाज


पिल्कोनले पिल्कोन ईमेल कन्सल्टेसनको विकास गरेको छ, जसले गर्भनिरोध, गर्भावस्था र सेक्स सम्बन्धी प्रश्नहरूको नि:शुल्क जवाफ प्रदान गर्दछ, र पिल्कोन को "म गर्भवती हुन सक्छु" परामर्श, एक च्याटबोट जसले तुरुन्तै र गर्भावस्थाको चिन्ता भएका सबैका लागि स्वचालित रूपमा डाक्टरद्वारा निरीक्षण गरिएको गर्भनिरोधक, परीक्षण र समर्थनको स्रोतहरूको जानकारी प्रदान गर्दछ।
यहाँ प्राप्त सबैभन्दा सामान्य परामर्शहरू कामुकताको साथै 'म गर्भवती हुनसक्छु' र 'मलाई यौन संचारित रोग हुनसक्छ' भन्ने बारेमा पनि हुन ।

यौन संचारित रोगहरू तपाईंको वरपरका मानिसहरूसँग छलफल गर्न गाह्रो हुन्छ, तर तिनीहरू कुनै पनि हिसाबले विशेष रोग होइनन् र यो जो-कोहीलाई पनि लाग्न सक्छ। मलाई एक पटक एक सेक्सोलोजिस्टले भनेका थिए र म उनको भनाइबाट धेरै प्रभावित भएको थिएँ कि: 'जसरी तपाईंले खाना खान थाल्नुभयो भने तपाईंको पेटमा रोग लाग्न सक्छ र सास फेर्न थाल्नुभयो भने तपाईंको फोक्सोमा रोग लाग्न सक्छ, त्यसरी नै जो कोहीलाई पनि योन सम्पर्क गर्न थलेपछी यौन रोग लाग्न सक्छ'।
यदि तपाइँलाई यौन संचारित संक्रमण लाग्छ भने, आफैलाई दोष नदिनुहोस्। यदि तपाइँ अनौठो महसुस गर्नुहुन्छ भने, अस्पताल जानुहोस् र सकारात्मक हुनुहोस् कि तपाइँ भाग्यशाली हुनुहुन्छ कि तपाइँले छिट्टै उपचार पाउनु भएको छ, जुन वास्तवमा सेक्सको बारेमा सिक्नुको अर्थ हो।
गर्भावधी को अवस्थामा, म यो अवधारणालाई सामान्य बनाउन चाहन्छु कि, सबैले आवश्यक भन्दा बढी आफुलाई कष्ट नदिई स्वस्थ र खुसी मार्ग खोज्न सक्छन्, जसमा तपाईले काम गर्न सक्नुहुन्छ र आफ्नो शरीर र दिमागको हेरचाह गर्न सक्नुहुन्छ र उचित हेरचाह प्राप्त गर्न सक्नुहुन्छ।
यो प्राप्त गर्नको लागि, हामी विश्वास गर्छौं कि मानिसहरूले तुरुन्तै सल्लाह लिन र दोष नदिई उपयुक्त समर्थन प्राप्त गर्न सक्ने वातावरण सिर्जना गर्न आवश्यक छ, र सबैले यस बारे सचेत हुनु आवश्यक छ।
हाल, यदि विद्यार्थीहरूले आपत्कालीन गर्भनिरोधकहरू चाहे भने पनि, तिनीहरू प्रणालीगत समस्याहरू जस्तै उच्च बाधाहरू र माद्यमिक र उच्च माद्यमिक स्कूलका विद्यार्थीहरूको लागि स्त्री रोग विशेषज्ञहरू र अन्य स्वास्थ्य सेवाहरू पहुँच गर्न उच्च लागतहरूका कारण उनिहरुले त्यसको प्रयोग गर्ने समय गुमाउन सक्छन्। यौनसम्बन्धी ज्ञान भए पनि सदुपयोग गर्न नसक्ने वातावरण छ । यसलाई परिवर्तन गर्न, हामी वयस्कहरूले हाम्रो यौन स्वास्थ्य र अधिकारहरू पुन: सिक्नुपर्छ।

गर्भावस्था र सुत्केरीको सन्दर्भमा, कसैको जीवनमा कहिलेकाहीँ बच्चा जन्माउन चाहना हुन वा नहुन पनि सक्छ। एक समाज सिर्जना गर्न जहाँ मानिसहरूले आफ्नै छनौटहरू गर्न सक्छन् र यी छनौटहरूलाई सम्मान गर्न सक्छन्, पिल्कोन को सामाजिक दायित्व यौन स्वास्थ्य सम्बन्धी गतिविधिहरूलाई व्यापक परिप्रेक्ष्यबाट विस्तार गर्दै युवाहरूलाई सिकाइ र सोचमा सँगै समावेश गरेर, साथै उनीहरूलाई चिकित्सकहरु र अन्य विशेषज्ञहरूसँग जोडेर लाने हो ।

साथै, हामी बाँचिरहेको समाजमा विभिन्न यौनिकता भएका व्यक्तिहरू अवस्थित छन् भनी स्वीकार गर्दा उनीहरूप्रति सम्मान बढ्छ। अरूको मानवअधिकारको सम्मानले प्रत्येक व्यक्तिले आफ्नो जीवन आफैंले बाँच्न सक्ने समाजको निर्माणमा लैजान्छ भन्ने मलाई विश्वास छ ।



१. ११ जुन २०२० मा 'यौन अपराध र यौन हिंसा विरुद्ध सुदृढीकरण उपायहरूका लागि सम्बन्धित मन्त्रालय र एजेन्सीहरूको सम्मेलन' मा 'यौन अपराध र यौन हिंसा विरुद्ध सुदृढीकरण उपायहरूको लागि नीति' निर्णय गरियो। यस नीतिका आधारमा बालबालिकालाई यौन हिंसाको शिकार, पीडित वा पर्खालमा पर्न नदिन देशभरका विद्यालयमा ‘जीवन सुरक्षा शिक्षा’ प्रवर्द्धन गर्ने निर्णय भएको थियो ।

२. विश्वभर यौन शिक्षामा संलग्न बिभिन्न राष्ट्रका विशेषज्ञहरुको अनुसन्धान र अभ्यासको आधारमा २००९ मा UNESCO द्वारा, एड्स विरुद्ध संयुक्त राष्ट्र संघ कार्यक्रम (UNAIDS), संयुक्त राष्ट्र जनसंख्या कोष (UNFPA), UNICEF र विश्व स्वास्थ्य संगठन (WHO) को सह-आयोजनामा प्रकाशित भयो । २०१८ मा संशोधित गरियो। यसले अन्तर्राष्ट्रिय यौन शिक्षाको लागि दिशानिर्देशको रूपमा