टोक्यो रेन्बो प्राइड २०२१ घटना रिपोर्ट

10 / 12 / 2021

आवाज दिँदै, संसार परिवर्तन गर्दै, हाम्रो आवाज, हाम्रो अधिकार।


टोकियो रेन्बो प्राइड २०२१, एक कार्यक्रम जुन समाजमा LGBTQ र अन्य यौन अल्पसंख्यकहरूको अस्तित्व प्रवर्द्धन गर्न र लैङ्गिक र जीवनका विविधताहरुलाई अपनाउन २४ अप्रिल (शनिबार) देखि ५ मे २०२१ (बुधवार) सम्म आयोजना गरिएको थियो।

यस वर्षको १०औं वार्षिकोत्सवको नारा "आवाज उठाउ, संसार परिवर्तन गर्दै; हाम्रो आवाज, हाम्रो अधिकार" भन्ने रहेको छ ।
कोभिड्-१९ प्रतिबन्धहरू अन्तर्गत, एक प्रत्यक्ष टक शो "#Pride2021 at home" दर्शकहरू बिना संचालन गरियो। यहाँ, ट्रान्सभेस्टिट कलाकार र लेखक बोरबोन, र फ्युमिनो सुगियामा र नाचुमी यामादा, एनपीओ टोकियो रेन्बो प्राइडका सह-अध्यक्ष र कार्यक्रमका आयोजकहरू थिए। यो कार्यक्रम युटुब र ट्विटर बाट प्रसारण गरिएको थियो जुन अघिल्लो कार्यक्रमको ४५०,००० दर्शकहरू भन्दा निकै बढी लगभग १.६ मिलियन दर्शकहरूले हेरेका थिए।

पहिलो दिनको पहिलो वक्ता रोबर्ट क्याम्पबेल, जापानी साहित्यका विद्वान र वासेदा विश्वविद्यालयमा विशेष रूपमा नियुक्त प्रोफेसर थिए । श्री क्याम्पबेलले सन् २०१७ मा अमेरिकाको न्यूयोर्क राज्यमा आफ्नो समलिङ्गी पार्टनरसँग विवाह गरेका थिए। जापानमा समलिङ्गी विवाहलाई मान्यता नभएकाले समलिङ्गी पार्टनरलाई परिवार मानिँदैन र यसबाट विभिन्न समस्याहरू खडा भएका थिए। । यसले दैनिक जीवनमा विभिन्न कठिनाइहरू जस्तै घरजग्गा सम्झौताहरू, अस्पताल भ्रमण र उपचारको लागि सहमति फारमहरूमा हस्ताक्षर गर्न अनुमति नहुने, र पति वा पत्नीहरूका लागि कर्मचारी लाभहरू प्राप्त गर्न सक्षम नहुने कुराहरु निम्त्याउने भएकाले यसका लागि प्रारम्भिक कानूनको आवश्यकतामा उनले जोड दिए।
यो बुंदा छर्लङ्गै पार्ने छ "मलाई लाग्छ कि "LGBTQ को चेतनाले मानिसहरूमा ब्रेकिङ पोइन्ट पार गरिसकेको छ, तर सरकारले भने उक्त कुरा बिझेको छैन"

अर्को, टिभी व्यक्तित्व शेलीले यौन शिक्षाको महत्त्वलाई जोड दिए। ‘आफ्नो शरीरलाई चिन्ने र अर्काको शरीरलाई चिन्दा मानवअधिकार र अरूको सम्मानप्रति सचेतना जागरुक हुन्छ। यौन शिक्षा लैङ्गिक शिक्षा हो, र यो अरूसँग मिल्नको लागी 'डेटिङ शिक्षा' पनि हो। त्यसपछि उनले दुईवटा किताबहरु सेयर गरिन्। पहिलो पुस्तक द ह्याप्पिनेस अफ द रेन्बो (मार्लन बुन्डजिल ट्विस र ईजी केलरले लेखेका) मार्लनको बारेमा, जसमा अमेरिकी उपराष्ट्रपतिले राखेको खरायो हुन्छ, जो आफ्नो अद्भुत प्रेमीसँग विवाह गर्न चाहन्छ, तर एक ठुलो दुर्गन्धित बगले यसको विरोध गरेको हुन्छ। (चित्र, रिका हात्तोरी, इवासाकी शोतेन द्वारा अनुवादित) यो अमेरिकामा ८००,००० भन्दा बढी प्रतिहरू बिकेको, अत्यधिक बिक्री भएको किताब हो।
अर्को पुस्तक हो, द प्रिन्स एन्ड द नाइट (डेनियल हक द्वारा लिखित, स्टीभ लुईस द्वारा चित्रित, मेगुमी खावामुरा, ओकुरा प्रकाशन द्वारा अनुवादित)। राजकुमार आफ्ना आमाबाबुसँग आफ्नो दुलही खोज्नको लागि यात्रामा निस्कन्छ, तर भित्रभित्रै उनले अरू केही खोजिरहेका हुन्छन्- एक अलग प्राणी।
दुबैले LGBTQ को समझ र व्यक्तित्वको सम्मानको महत्त्व देखाउँछन्।

यसलाई योइची ओचियाईले समर्थना गरेका थिए, उनि मिडिया कलाकार, निर्देशक र चुकुबा विश्वविद्यालयको डिजिटल प्रकृति विकास अनुसन्धान केन्द्रका सहयोगी प्रोफेसर र JST CREST xDiversity परियोजनाका अनुसन्धान निर्देशक थिए, जसले मानिसहरू किन समलिंगी विवाहको विरुद्ध छन् जब आफुले माया गर्ने मानिसहरू एक अर्कासँग विवाह गर्न चाहन्छन् भनेर एक मिलिमिटरसम्म पनि बुझ्न नसकेको बताएका थिए।उहाँले प्रविधिको प्रयोगले विविधताको परिपूर्ति तिर डोर्‍याउने बताउँदै विज्ञान र प्रविधिको सम्भावनामा जोड दिँदै विविधताको समृद्धि भएको समाजको महत्व पनि औँल्याउदै समस्या समाधानका लागि प्रविधिको प्रयोग गर्नु जरुरी रहेको बताए तर पहिले नै संस्कृतिको भाग रहेको कुरा उदाहरणकालागि, सांकेतिक भाषा, भने हटाउन आवश्यक छैन भन्ने कुरा बताए।

फुजी टेलिभिजनको समाचार विभागका टोमोयो आबेले भनिन् कि उनी टोकियो रेन्बो प्राइडमा 'सहयोगी'* को रूपमा संलग्न भएतापनि उनले कहिलेकाहीं आफूलाई कार्यक्रमको बारेमा ' चेतना' नभएको कुरा प्रतिबिम्बित गरिन्। यो कथनले विविधता पहिचान गर्न कहिल्यै सजिलो छैन भनेर देखाउँछ।

*त्यस्तो व्यक्तीहरु जो LGBTQ होइनन् तर LGBTQ सक्रियतालाई समर्थन र सहयोग गर्छन्।

उक्त दिनको अन्तिम अतिथि अभिनेत्री तथा मोडल किको मिजुहारा थिइन । उनले विगतमा आफु देखा परेको कार्यक्रममा उनको टिप्पणीहरू LGBTQ भेदभावपूर्ण थिए भन्ने सुझावहरूको प्रतिकृया स्पष्ट रूपमा स्वीकार गरिन र उक्त कुरा विगतमा ज्ञान र समझको कमीको कारणले भएको बताइन्, र अहिले उनि जागरूकताको लागी एक सहयोगी भएर कार्य गरिरहेको बताइन्। उनको स्पष्ट र दृढ इच्छाशक्तिका शब्दहरू र कामहरू यति विश्वस्तनिय थिए कि प्रस्तुतकर्ता, नाचुमी यामादाको आँसु नै झरे।


दोस्रो दिन, युवा प्राइड जापान, किशोरहरूको समूह र एनपीओ टोकियो रेन्बो प्राइडका २०-सदस्यहरूले युवा LGBTQ पुस्ताका विचार र सरोकारहरूबारे छलफल गर्न टिभी व्यक्तित्व नोरिचिरु र लेखक योकोमासा ओतोताकेलाई स्वागत गरे। ट्रान्सजेन्डर व्यक्तिहरूले प्रशंसा प्राप्त गर्दा पनि उनीहरूले आत्म-पुष्टिको भावना महसुस गर्दैनन् भन्ने चिन्ताको प्रतिकृयामा, रियुचिरुले सोधे, "कतै यस्तो त होइन कि तपाईं आफ्नो मूल्य अन्य व्यक्तिहरूको मूल्यमा आधारित गरिरहनुभएको छ ?" उनले आफ्नो अनुभवको आधारमा आफ्नो बारेमा राम्रो महसुस गराउने मूल्यहरू आफैंमा विकास गर्न महत्त्वपूर्ण छ भन्ने विचारको बारेमा कुरा राखे।

LGBTQ चिन्ताहरू उत्पन्न हुने सम्भावना तब बढी देखिन्छ जब मानिसहरूले आफू र वरपरका मानिसहरू बीच अवरोधहरू महसुस गर्छन्। दिनको पहिलो वक्ता, हास्य कलाकार अंकल सेयारोगाई (लिप सर्भिस) ले भने: 'मौका पाएमा मात्र बुझ्नेमानिसहरूलाई कसरी भन्ने बारे सोच्नुहोस्। जसरी उनले भने, "यसले ध्यान दिने मानिसहरूको संख्यामा बृद्धि हुनेछ", संलग्न र सहयोगीहरूले "आवाज उठाउना"ले उनीहरू वरपरका मानिसहरूलाई सचेत गराउनेछ, र पक्कै पनि यो जापानमा अल्पसंख्यकहरूलाई बाँच्न सजिलो बनाउने पहिलो कदम हुनेछ जुन युवाहरूले आशा गरेकाछन ।
अन्य अतिथिहरूमा अन्मिका (मोडेल र टिभी व्यक्तित्व), तोशिरो हिरोसे (पूर्व रग्बी खेलाडी र हिराकु कर्पोरेशनका अध्यक्ष), टेरी इतो (निर्देशक), मारी नाचुकि, मीरा हासेगावा (मोडेल), मिट्ज म्यान्ग्रोभ (गायक र टिभी व्यक्तित्व), मिराकल हिकारु(टिभी व्यक्तित्व) र यु (टिभी व्यक्तित्व)थिए।


TRP2021_main_visual.JPG
The main visual is the work of Ken Yamada, who was selected from a general public competition.
  The design is based on the 17 goals of the SDGs, and the many 'hands' represent solidarity.