ओलम्पिक चार्टरमा समावेश गरिएको मानव अधिकार र समानता

10 / 6 / 2021

ओलम्पिक र पाराओलम्पिक खेलहरू, एक चौधवार्षिक खेल महोत्सव

सन् २०२० मा हुने भनिएको टोकियो खेलकुद नयाँ कोरोना भाइरस संक्रमणको अकाल्पनीक विश्वव्यापी प्रकोपका कारण स्थगित गरिएको थियो।
नयाँ कोरोनाभाइरसको प्रकोप निरन्तर जारी रह्यो, र ओलम्पिक खेलहरू आयोजना गर्ने कि नगर्ने भन्ने बारे प्रश्नहरू पनि निरन्तर चलिनैरह्यो। यस अवधिमा, ओलम्पिक चार्टर* मा निर्धारित सिद्धान्तहरू पनि बारम्बार छलफल भइनैरहे, र यहाँ हामी ओलम्पिक चार्टरमा संहिताबद्ध रहेको मानव अधिकार र समानताको विषयलाई विश्लेषण गर्न चाहन्छौं।
*ओलम्पिक चार्टर [१७ जुलाई २०२० देखि लागू] अन्तर्राष्ट्रिय ओलम्पिक समिति।

ओलम्पिक चार्टरमा ओलम्पिकवादको आधारभूत सिद्धान्त आधुनिक ओलम्पिक खेलका पिता ब्यारोन डे कउबर्टिनबाट आएको हो, जसले खेलको माध्यमबाट दिमाग र शरीरको सुधार र, साथै, संस्कृति र राष्ट्रियता जस्ता विभिन्न भिन्नताहरू पार गर्दै मित्रता, एकता र निष्पक्ष खेलको भावनामा एकअर्कालाई बुझ्ने शान्तिपूर्ण र उत्तम संसारको प्राप्तिमा योगदान पुर्‍याउने कुराको वकालत गरेका थिए।
हामीले मानवअधिकार र भेदभावलाई उल्लेख गर्ने ओलम्पिकवादका आधारभूत सिद्धान्तका खण्डहरू निकालेका छौं।

४. खेल खेल्न पाउनु मानव अधिकार हो। सबै व्यक्तिहरूमा कुनै पनि प्रकारको भेदभाव नराखी ओलम्पिक भावनामा खेल खेल्ने अवसर प्रदान गरिनेछ। ओलम्पिक खेलका लागि आपसी समझदारीका साथै मित्रता, एकता र निष्पक्षताको भावना चाहिन्छ।

 

धारा ४ ले खेल खेल्न पाउनु आफैंमा 'मानव अधिकार' हो भन्ने कुरा स्पष्ट पार्छ। मानव अधिकार यस संसारमा जन्मेका प्रत्येक व्यक्तिको जन्मसिद्द्द अधिकार हो र यो सबैलाई स्वतन्त्र र समान हुनको लागी र खुशीसाथ बाँच्नका लागि हो। त्यहाँ कुनै पनि प्रकारको भेदभाव वा असमानता हुनु हुँदैन । खेलकुदमा सहभागी हुन चाहने जो कोहीलाई पनि त्यसको समान अवसर दिनुपर्छ । हामी मानिसहरूले आफूभन्दा फरक मानिसहरूलाई पनि बुझुन भन्ने चाहन्छौं (आपसी समझदारी)।

६. यस ओलम्पिक चार्टरमा उल्लिखित अधिकार र स्वतन्त्रताहरू कुनै पनि जाति, रंग, लिङ्ग, यौन झुकाव, भाषा, धर्म, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, सृजन वा अन्य स्थितिका आधारमा भेदभाव रहित रूपमा सबैले उपयोग गर्न सक्ने कुराको सुनिश्च्ता गराइने छ ।

 

धारा ६ ले 'जाति', 'छालाको रंग' र 'लिङ्ग' लाई निषेधित भेदभावको रूपमा सूचीबद्ध गर्दछ। प्रत्येक विवरण र शब्दहरूको जाँच गरिन्छ।
निषेधित भेदभावको हालको परिभाषा २०१७ देखि मात्रै प्रयोग गरिएको हो। त्यतिन्जेलसम्म, 'यौन झुकाव', 'राजनीतिक वा अन्य विचार' र 'सामाजिक उत्पत्ति' विशेष रूपमा उल्लेख गरिएको थिएन र 'अन्य' अन्तर्गत समावेश गरिएको थियो।
केही समय अघिदेखि लैङ्गिक झुकाव र लैङ्गिक आधारमा विभेद भएको हुनुपर्छ । यद्यपि, यसलाई विरलै भेदभावको रूपमा उल्लेख गरिएको हुन्थियो, र यदि भयो नै भनेपनि, सम्भवतः व्यापक रूपमा आवाज उठाइएको थिएन। उनीहरूले यो सहन बाध्य थिए भनेर कल्पना गर्न त्यती गाह्रो छैन।
यद्यपि, अब भने यो स्पष्ट रूपमा उल्लेख गरिएको छ कि कुनै पनि यौन झुकाव वा सामाजिक उत्पत्तिको आधारमा कसैलाई भेदभाव गरिनेछैन। आउने वर्षहरूमा नयाँ गैर-भेदभाव निषेध बुंदाहरू थप अद्यावधिक हुनसक्छन्।
'कुनै किसिमको भेदभाव रहित’ भन्ने एउटै वाक्यांशको सबै मानिसमा समान चेतना भएको भए राम्रो हुने थियो, तर हाम्रो मानव चेतना र सोचलाई समायोजन गर्न अचम्मै गाह्रो छ र प्रागैतिहासिक लैङ्गिक चेतना अझै बाँकी छ भन्ने कुरा निर्विवाद नै छ।

टोकियो २०२० खेलकुदको भिजन ‘विविधता र सद्भाव’ हो। "विविधता र सद्भाव" भनेको आफ्नै फरक पक्ष भएका व्यक्तिहरूको "भिन्न पक्षहरू" लाई पहिचान गरी स्वीकार गर्नु हो। यदि यो भिजन साकार भयो भने, संसार आजको भन्दा पनि दयालु र निकट हुनेछ।

 

ओलम्पिक र पाराओलम्पिक खेलहरूमा, आफ्नो देशको प्रतिनिधित्व गर्ने खेलाडीहरू एकअर्कासँग प्रतिस्पर्धा गर्छन्, तर यो प्रतिस्पर्धा जित र हारको लागी मात्र होइन। खेलाडीहरू पनि हिजो भन्दा आज र भोलि राम्रो हुने प्रशिक्षणको लागी आफ्नै व्यक्तिगत लक्ष्यहरू र आफैं विरुद्ध प्रतिस्पर्धा गरिरहेका हुन्छन्। परिणामहरु मात्र हैन उनीहरूले त्यस्को लागी गरेको काम पनि मूल्यवान हुन्छन्, त्यसैकारणले गर्दा "खेल खेल्न पाउनु पनि मानव अधिकारहरु मध्ये एक हो"।